आँखा पाक्ने संक्रमण फैलिएको भन्दै तत्काल विद्यालय बन्द गर्न नेविसंघको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०८० साउन २२ गते ११:१८
आँखा पाक्ने संक्रमण फैलिएको भन्दै तत्काल विद्यालय बन्द गर्न नेविसंघको आग्रह

कावासोती । आँखा पाक्ने रोगबाट नगर भित्रका विद्यालयमा अध्ययन गर्ने अधिकांस विद्यार्थीहरु संक्रमित भएकाले केही समय विद्यालयहरु बन्द गर्न आग्रह गर्दै नेपाल विद्यार्थी संघ कावासोतीले कावासोती नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

नेविसंघ कावासोतीले कावासोती नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भुपेन्द्र पाण्डे र नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीलाई संक्रमण नियन्त्रणमा न आउदा सम्म केही समय विद्यालय बन्द गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको नगर सभापति कुमार क्षेत्रीले जानकारी दिए ।

पछिल्लो समय फैलिएको आँखा पाक्ने रोगबाट कावासोती र यस आसपासको क्षेत्रमा अधिकांश बालबालिकाहरु संक्रमित भएका छ्न ।

प्रकाशित : २०८० साउन २२ गते ११:१८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI