होङ्सी सिमेन्ट कारखानाको ढुवानी तेश्रो दिनपनि ठप्प

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ २४ गते १४:४२
होङ्सी सिमेन्ट कारखानाको ढुवानी तेश्रो दिनपनि ठप्प

नारायण शर्मा, पूर्वी नवलपरासी । होङ्सी सिमेन्ट कारखानाले ४ वर्षदेखि ढुवानी भाडा बृद्धि नगरेको भन्दै ब्यबसायीले थालेको आन्दोलनका कारण सिमेन्ट ढुवानी आज तेश्रो दिनपनि ठप्प छ ।व्यवसायीले गत शुक्रवारवाट मुलगेट र सडकमा टिप्पर तेर्साएर भाडा बढाउन माग गर्दै आन्दोलन गरेका हुन ।

आन्दोलन गरिरहेका टिप्पर व्यवसायीका अध्यक्ष शम्सेर केसीले कारखानादेखि चुनढुंगा खानीसम्म ढुवानी गरेको शुल्क चारवर्षदेखि बृद्धि नगरेका कारण ढुवानी ठप्प पारेर आन्दोलन गर्न परेको सुनाए । चार वर्षयता इन्धनको भाउ प्रतिलिटर ३६ रुपैया बढेको छ । ढुवानी भाडा दर पुरानै छ । पुरानो दररेटले टिप्पर ब्यबसायीले कामगर्नै नसक्ने अबस्थामा पुगेपछि आन्दोलन गर्न परेको उनको दावी छ ।

इन्धनको मुल्यबृद्धिको सरकारले समेत सार्वजनिक भाडा पटक पटक पुनराबलोकन गरीसकेको छ होंसी सिमेन्ट कारखाना ब्यबस्थापन पुरानै भाडा दरका काम गराइरहेको छ उनले भने भाडा बढाउन गत ३ वर्षदेखि पटक पटक ज्ञापन पत्र बुझाउदा समेत चासो दिदैन उनले भने ।

कारखानाको चुन,ढुंगा खानी भएको पाल्पाको भुटुकेदेखि कारखाना सम्म २८ किलोमिटर दुरी छ । चुनढुंगा खानीवाट कारखाना सम्म ढुवानी गर्न ५६ किलोमिटर आउजाउ पर्छ । चार वर्ष अघिको प्रति टन ७ सय ७ रुपैया दरमा आज पनि सामान बोक्न बाध्यपारेका कारण अँन्दोलनमा होमिएका हौ उनले भने अब प्रति टन एक सय रुपैया बृद्धिको माग राखेका छौ । यो न्यूनतम बृद्धि हो उनले भने ।

ढुवानी वापतको रकम हरेक १५ , १५ दिनमा भुक्तानी दिने सम्झौता भएपनि एक महिना पछि मात्र भुक्तानी दिने गरेको ब्यबसायीको भनाई छ । यहा दैनिक ४ सय टिप्परले चुनढुंगा बोक्छ । कारखानाले वार्षिक ३० लाख टन चुनढुंगा बोक्ने गरेको छ । त्यति नै खपत छ ।

विनयी त्रिवेणी गाउपालिकाको वडा नम्बर ३ , ४ मा सिमेन्ट कारखाना रहेको छ । हरेक टिप्पपरले एक खेपको २२ देखि २७ टन बोक्छ । एक दिनमा एउटा टिप्परले २ टिप मात्र ढुवानी गर्न सक्छ । खानी रहेको डांडादेखि कारखाना सम्मको बाटो कच्चि र खाल्डैखाल्डा छ । सडक एकदम हिलैहिलो र खाल्डैखाल्डा छ । बनाउन भन्दा बनाउदैन । सरकारले बनाउने हो भन्छ ।

खानीदेखि कारखाना सम्मको सडक पिच गरे एउटै टिप्परले दैनिक ५, ६ खेप गर्न सक्ने ब्यबसायी बताउछन । यस क्षेत्रका संघिय र प्रदेश सांसदलाई पनि सडक बनाउन पहलगर्न आग्रह गरयौ कसैले टेरेनन स्थानिय आषिशजंग जिसी भन्छन । सांसदलाई पनि धेरै पटक भनियो कसैले साचो दिएनन । कारखानाको उत्पादन क्षमता दैनिक ६ हजार टन हो । हाल दैनिक ४ हजार टन मात्र उत्पादन हुदै आएको छ ।

कारखानामा भैरहेको आन्दोलनका बारेमा होंसी सिमेन्ट कारखानाका व्यवस्थापक जेम्सलाई पटक पटक टेलिफोन सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन ।

प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले ब्यबसायी र कारखाना व्यवस्थापन बिच बार्ता गराउन आफुहरुले गरेको प्रयास निर्रथक भएको जानकारी दिइन । हामीले आग्रह गर्ने हो दवाव दिन मिल्दैन उनले भनिन कारखानामा देखिएको समस्या समाधानकालागि काठमाण्डौवाट लगानी बोर्डका अधिकारीलाई बोलाएको उनले सुनाइन ।

होंसी सिमेन्ट कारखाना चिनियाको हो । १० अर्ब भन्दा बढि बैदेशिक लगानी रहेको क्षेत्रका समस्या नेपाल सरकारको लगानी बोर्डले हेर्ने चलन छ ।

प्रकाशित : २०८० भदौ २४ गते १४:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI