बंगलादेशसँग भारत पराजित

NAWALPUR TIMES
प्रकाशित : २०८० भदौ ३० गते ७:३२
बंगलादेशसँग भारत पराजित

कावासोती । एसिया कपअन्तर्गत सुपर फोरको अन्तिम खेलमा भारत बंगलादेशसँग स्तब्ध भएको छ । शुक्रबार राति कोलम्बोमा सम्पन्न खेलमा भारत ६ रनले पराजित भएको हो । अब, आइतबार हुने फाइनल खेलमा भारतले श्रीलंकाको सामना गर्नेछ । बंगलादेशले प्रस्तुत गरेको दुई सय ६६ रनको लक्ष्य पछ्याएको भारत ४९.९ ओभरमा सबै विकेट गुमाउँदा एक सय ५९ रनमा समेटिएको थियो । भारतका लागि सुभमन गिलले शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् ।

गिलले एक सय २१ रन बनाएका थिए । अक्षर पटेलले ४२ रन बनाउँदा अन्य ब्याट्सम्यानले बलियो साझेदारी गर्न सकेनन् । बंगलादेशका मुस्तफिजुर रहमानले सर्वाधिक तीन विकेट लिएका थिए । यसअघि टस हारेर ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ६५ रन बनाएको थियो । भारतविरुद्ध बंगलादेशका कप्तान सकिब अल हसनले ८० र तोबहिद ह्रिदोयले ५४ रन बनाएका थिए । नसुम अहमदेले ४४ रन बनाए । सकिब र ह्रिदोयले एक सय एक रनको साझेदारी गरेका थिए ।

नेपालविरुद्ध रोहित शर्मा, विराट कोहली, हार्दिक पांड्या, कुलदीप यादव, मोहम्मद सिराजजस्ता चर्चित खेलाडीलाई मैदान उतारेको भारतले बंगलादेशविरुद्ध भने जसप्रीत बुमराहसँगै रोहित, विराट, हार्दिक, कुलदीप र सिराजलाई विश्राम दिएको थियो । उनीहरूको स्थानमा तिलक बर्मा, सूर्यकुमार यादव, मोहम्मद सामी, शार्दुल ठाकुर र प्रसिद्ध कृष्णालाई मौका दिएको हो । सूर्यकुमारको एसिया कप २०२३ मा पहिलो खेल हो । तिलकले डेब्यु गरेका छन् ।

प्रकाशित : २०८० भदौ ३० गते ७:३२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI