आगलागी हुँदा १४ जनाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०८० असोज २१ गते १७:०४
आगलागी हुँदा १४ जनाको मृत्यु

कावासोती  । भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

कर्नाटक राज्यको राजधानी बैंग्लोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेका प्रहरीले जानकारी गराएको छ ।

पसल र जग्गा मालिकमाथि आगो सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लगाइएको छ । रासस/सिन्ह्वा

प्रकाशित : २०८० असोज २१ गते १७:०४

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI