जाजरकोटमा पुनः ५.८ रेक्टरको धक्का

NAWALPUR TIMES
प्रकाशित : २०८० कार्तिक २० गते १७:०५
जाजरकोटमा पुनः ५.८ रेक्टरको धक्का

जाजरकोट रामिडाँडा केन्द्रविन्दु भएर फेरि भूकम्पको पराकम्प गएको छ । अपरान्ह ४ः३४ बजे जाजरकोट केन्द्रबिन्दु भएर ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् भरतप्रसाद कोइरालाले बताउनुभयो ।

भूकम्पको पराकम्पले केकति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो । भूकम्प पराकम्पको धक्का पश्चिम नेपालका जिल्ला साथै काठमाडौं उपत्यकासम्म महशुस गरिएको छ ।

प्रकाशित : २०८० कार्तिक २० गते १७:०५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI