कसैले चाहदैँमा राजतन्त्र फर्किदैन : सभापति देउवा

NAWALPUR TIMES
प्रकाशित : २०८० मंसिर ११ गते १५:३३
कसैले चाहदैँमा राजतन्त्र फर्किदैन : सभापति देउवा

कावासोती । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा अब राजतन्त्र नफर्किने ठोकुवा गरेका छन् । सोमबार नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले कुनै हालतमा राजतन्त्र नफर्कने बताएका हुन् ।

सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले भने, ‘कसैले चाहँदैमा अब राजतन्त्र फर्किदैन । सार्वभौम संविधान सभाको निर्णयले गणतन्त्रको स्थापना भएकाले अब राजतन्त्र फर्किने कुनै सम्भावना छैन ।’

राप्रपा र दुर्गा प्रसाईको नाम नलिँदै देउवाले कसैले चाहेर अब राजतन्त्र नफर्किने बताएका हुन । देउवाले भने, ‘पत्रकारले शेरबहादुर बोलेन भन्छ्न् मैले भन्नै पर्छ संविधान सभाले निर्णय गरेकाले अब राजतन्त्र फर्किदैन, सबै मिलेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र मजबुत बनाउन पर्छ ।’

प्रकाशित : २०८० मंसिर ११ गते १५:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI