सेन्ट्रल कलेज फोर ब्रर्दश राईनोकपको सेमिफाइनलमा

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २ गते १८:३८
सेन्ट्रल कलेज फोर ब्रर्दश राईनोकपको सेमिफाइनलमा

कावासोती । सेन्ट्रल कलेज फोर ब्रदर्श नवलपुरको मध्यविन्दु-२ कोल्हुवाको राईनो रंगशालामा जारी छैटौं राईनो संरक्षण गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न पहिलो क्वाटरफाईनलमा विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई २-१ले हराउदै सेन्ट्रल कलेज फोर ब्रदर्श प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

गत माघ २८ गतेबाट जारी १२ टोली सहभागी प्रतियोगितामा भोलीबाट क्वाटरफाईनलका खेल बुधबार देखि सुरु भएको हो । भोलि हुने दोस्रो क्वाटरफाइनल विभागिय टोलीहरु नेपाल पुलिस क्लब र एपीएफ बिच हुने छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २० हजार रुपैयाँ प्राप्त गर्ने तथा सर्वाधिक गोलकर्ताले १० हजार र म्यान अफ द म्याच हरेक खेलमा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रकाशित : २०८० फागुन २ गते १८:३८

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI