लोकाहा खोला किनारमा ५ वटा गिद्ध मृत फेला

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन ७ गते १७:३७
लोकाहा खोला किनारमा ५ वटा गिद्ध मृत फेला

कावासोती । कावासोती-११ को लोकाहा खोला किनारमा ५ वटा गिद्ध मृत फेला परेका छ्न ।

४ वटा डङ्गर प्रजाती र १ वटा हिमाली प्रजातीको गिद्ध मृत फेला परेको छ भने १ वटा सुन गिद्ध र ६ वटा डंङ्गर प्रजातीको गिद्ध बिरामी अवस्थामा फेला परेका छ्न । बिरामी मध्ये १ वटा डङ्गर गिद्धको अवस्था गम्भीर रहेको छ ।

मरेको स्यालको सिनो खाएर गिद्ध मरेका हुन । गिद्ध मरेको स्थानमा २ वटा मरेको स्यालको सिनो समेत फेला परेको छ । विषादीयुक्त खाना खाएर मरेको स्यालको सिनो खाएर गिद्ध मरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जटायु रेष्टुरेन्टका अध्यक्ष डिबि चौधरीले बताए ।

लोकाहा खोला किनारमा गिद्ध मृत देखे पछि स्थानीयले जटायु रेष्टुरेन्टमा खबर गरेका थिए । मरेका गिद्धको मंगलबार पोस्टमार्टम गरिने तथा बिरामी गिद्धलाई घटनास्थलमा प्राथमिक उपचार पछि जटायु रेष्टुरेन्ट लगेर उपचार गरिने अध्यक्ष चौधरीले बताए ।

प्रकाशित : २०८० फागुन ७ गते १७:३७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI