किर्ते गरेर आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने व्यक्ति पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०८० फागुन २४ गते ८:३९
किर्ते गरेर आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने व्यक्ति पक्राउ

कावासोती । प्रहरीले आफ्नै मृत्यु दर्ता प्रमाणपत्र बनाउने ब्यक्तिलाई पक्राउ गरेको छ ।

रुपन्देहीको रोहिणी घर भई तीन वर्षदेखि नवलपरासीको बर्दघाट नगरपालिका -१४ गङाबस्ती बस्दै आएका शिवनारायण सिंह पक्राउ परेका हुन् ।

तान्त्रिक र झारफुक गर्ने शिव नारायण सिंहलाई प्रहरीले सरकारी कागज किर्ते गरेको आरोपमा पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले सिंहको घर खान तलासी गर्दा सिंहले आफ्नै मृत्यु दर्ताको सरकारी कागज बनाएको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले बताए ।

सिंहको साथबाट रोहिणी गाउँपालिका(४ को कार्यालयको रबर स्ट्याम्व, वडाध्यक्षको छाप र आफ्नै सदगद गरेको पुर्जी र नागरिकता बरामद गरेको छ । प्रहरीले सरकारी कागजात किर्ते अभियोगमा मुद्दा चलाउने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

प्रकाशित : २०८० फागुन २४ गते ८:३९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI