तोलामा २०० बढ्यो सुनको भाउ

NAWALPUR TIMES
प्रकाशित : २०७७ असोज ५ गते ११:५७
तोलामा २०० बढ्यो सुनको भाउ

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको भाउ तोलामा २०० रूपैयाँले बढाएको छ।

 

आज छापावाल सुन ९७ हजार २०० रूपैयाँ छ। हिजो आइतबार स्थिर रहेको सुनको भाउ ९७ हजार रूपैयाँ तोला थियो।

 

यस्तै, हिजो तोलामा ९६ हजार ५०० रूपैयाँ रहेको तेजाबी सुनको मूल्य आज ९६ हजार ७०० रूपैयाँ पुगेको छ।

 

आज तोलामा ५ रूपैयाँले बढेको चाँदीको मूल्य एक हजार ३२० रूपैयाँ तोकिएको छ।

प्रकाशित : २०७७ असोज ५ गते ११:५७

ताजा अपडेट

Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI