नवलपुरमा सात वर्षीय बालक सहित २४ जनाले कोरोनालाई जिते

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १८ गते १२:०४

कावासोती । नवलपुरमा ७ वर्षीय बालक सहित थप २४ जनाले कोरोनालाई जितेर संक्रमण मुक्त भएका छ्न । जिल्लाको रजहर स्थित प्राकृतिक चिकित्सालय अस्थायी कोरोना अस्पतालमा उपचाररत २४ जना बिहीवार संक्रमण मुक्त भएर डिस्चार्ज भएका हुन ।

बिहिवार डिस्चार्ज हुनेहरुमा विनयी त्रिवेणि गाउपालिका वडा नं १,६ र ७ का ८ पुरुष र ३ महिला, कावासोती नगरपालिका वडा नं २, १६ र १७ का ५ पुरुष , गैंडाकोट नगरपालिका वडा २, ७ र १३ का ३ पुरुष र ३ महिला , हुप्सेकोट गाउपालिका वडा नं ३ का १ पुरुष र देवचुली नगरपालिका वडा नं ७ का १ पुरुष रहेको अस्पतालले जनाएको छ ।                                                               यो सँगै नवलपुरमा रहेका १ सय ५७ जना सक्रिय संक्रमित मध्ये २४ जना निको भएसँगै नवलपुरमा १३३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित : २०७७ भदौ १८ गते १२:०४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI