पछिल्लो २४ घन्टामा थप ९ सय १७ कोरोना संक्रमित संक्रमणमुक्त

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १८ गते १६:५१

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९ सय १७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसँगै नेपालमा  २४ हजार २ सय ७ जना संक्रमित  उपचारपछि निको भएका छन्। ताप्लेजुङ, सोलुखुम्बु, मुस्ताङ, मुगु र  हुम्ला गरी ५ जिल्लामा संक्रमित शून्य भएका छन्।

आज मन्त्रालयका अनुसार १३ हजार ४ सय १३ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै अहिले सम्म ७ लाख ३१ हजार ८ सय ५२ जनाको पिसिआर परीरक्षण भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ६ हजार ७ सय ४९ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार  ४ सय १३ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –२००१
प्रदेश २– ६४७१
बाग्मती प्रदेशमा –१५९९
गण्डकी प्रदेशमा –१७१७
प्रदेश ५मा –५२७६
कर्णाली प्रदेशमा –२१३७
सुदूरपश्चिम प्रदेशमा ५००६

प्रकाशित : २०७७ भदौ १८ गते १६:५१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI