शेरबहादुर देउवासँग तारे होटलमा भेट भएको समाचार प्रायोजित र भ्रामक : महामन्त्री कोईराला

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ १८ गते २१:०६
शेरबहादुर देउवासँग तारे होटलमा भेट भएको समाचार प्रायोजित र भ्रामक : महामन्त्री कोईराला

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन नजिकिए सँगै शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शशांक कोइरालाको तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने विभिन्न सन्चार माध्यममा आएका  समाचार प्रायोजित र भ्रामक भएको बताउदै महामन्त्री कोइरालाले त्यसको खण्डन गरेका छ्न ।

जि.पि.कोईराला लोकतन्त्र सम्वर्दन केन्द्रले आयोजना गरेको कांग्रेस महाधिवेशनसँग जोडिएका प्रसंगहरु बिषयक साक्षात्कारमा पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र महामन्त्रीको विचारमा ५ तारे होटलमा भएको गोप्य छलफलको बारे मिडियामा आएका कुराहरुको जवाफ मागे सँगै कोइरालाले आफै १ महिना देखि घरबाहिर ननिस्केको र यस्ता प्रायोजित भ्रमपूर्ण समाचारको भ्रममा नपर्न समेत आग्रह गरेका छन ।

कार्यक्रममा बोल्दै कोइरालाले १४ महाधिवेशन मा नेतृत्व परिवर्तन सँग सगैँ बिचार र सिद्धान्त मा समेत घनिभुत छलफल हुनुपर्ने बताएका छन । उनले जनजिविकाको सवालमा काङ्ग्रेसलाई थप सशक्त भुमिकामा प्रस्तुत गर्नुपर्ने धारणा राखेका थिए । महामन्त्री डा.कोइरालाले कोभिड १९का कारण केहि महिना सारेर भए पनि यथासक्दो समयमा महाधिवेशन गर्नुको बिकल्प नभएको धारणा व्यक्त गरेका छन ।

सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याएपनि कृषि मलको अभावले किसानको अवस्था दयनिय भएको बताउदै तत्काल किसानको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गरेका छ्न ।

प्रकाशित : २०७७ भदौ १८ गते २१:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI