आत्मविश्वासका साथ काम गर्न निर्देशन

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २० गते ९:०८
आत्मविश्वासका साथ काम गर्न निर्देशन

काठमाडौँ, २० भाद्र। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा मिडियामा आएका हल्लाको पछाडि नलागी आफ्ना नियमित काममा ध्यान दिन मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकमा उहाँले भन्नुभयो, “हल्लाको पछाडि नलाग्नुस्, आफ्नो कार्यसम्पादनमा ध्यान दिनुस् ।”

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हल्लाको पछाडि नलागी आत्मविश्वाससाथ काममा ध्यान दिन मन्त्रिपरिषद् सदस्यहरूलाई प्रधानमन्त्रीबाट निर्देशन भएको जानकारी दिनुुभयो । बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् सदस्यको रूपमा राष्ट्रका लागि महìवपूर्ण भूमिका निर्वाह गरेकामा मन्त्रिपरिषद् सदस्य डा. युवराज खतिवडालाई धन्यवाद व्यक्त गर्नुभयो । बैठकमा मन्त्रीको हैसियतमा आफ्नो अन्तिम बैठक भएको जानकारी दिँदै डा। खतिवडाले मुलुकको सेवा गर्ने अवसरप्रति प्रधानमन्त्री ओलीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटरले बिदाइ भेट गर्नुभएको छ । बिदाइ भेटका क्रममा दुई पक्षीय हितका विषयमा कुराकानी भएको जनाइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शुक्रबार साँझ प्रधानमन्त्री ओलीसमक्ष नेपालका लागि अस्ट्रेलियाका राजदूत पिटर बडले बिदाइ भेट गर्नुभएको खबर आजको गोरखापत्रले छापेको छ ।

प्रकाशित : २०७७ भदौ २० गते ९:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI