पौडेल पक्षले बोलायो जुम बैठक, देउवाविरुद्ध रणनीति बनाउने

NAWALPUR TIMES
प्रकाशित : २०७७ भदौ २० गते १२:५४
पौडेल पक्षले बोलायो जुम बैठक, देउवाविरुद्ध रणनीति बनाउने

काठमाडौं, २० भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहको आज छुट्टै बैठक बस्दैछ । कांग्रेसका १२ जना युवा नेताहरुसहित वरिष्ठ नेता पौडेलले जुम मिटिङ गर्न लागेको कांग्रेस नेता डा. चन्द्र भण्डारीले जानकारी दिए । १२ जना युवा नेताहरुको तर्फबाट गुरूराज घिमिरेले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बुझिएको छ ।

त्यस्तै, पछिल्लो समय सभापति शेरबहादुर देउवाले गरेका निर्णयविरुद्ध पनि रणनीति तयार पार्ने बुझिउको छ । विधि र प्रक्रिया बाहिर गएर सभापति देउवाबाट भएका निर्णय रोक्न र खारेज गर्न आफ्नो समूहले रणनीति बनाउने नेता गुरुराज घिमिरेले जानकारी दिए । उनकाअनुसार पौडेल पक्षधरको जुम मिटिङ अन्तिम श्रृंखला हो । आजको भर्चुअल मिटिङमा बढिमा २५ जना नेताहरु सहभागी हुने बुझिएको छ ।

प्रकाशित : २०७७ भदौ २० गते १२:५४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI