एसईईको रजिस्ट्रेसन र आवेदन फाराम खुल्यो [सूचनासहित]

NAWALPUR TIMES
प्रकाशित : २०७७ पुष १५ गते ९:३०
एसईईको रजिस्ट्रेसन र आवेदन फाराम खुल्यो [सूचनासहित]

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि रजिस्ट्रेसन र आवेदन फाराम खोलेको छ ।

यस वर्षको एसईई परीक्षामा समावेश हुनका लागि बिहीवारदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

एक सूचना जारी गर्दै बोर्डले अहिले १० कक्षामा पढिरहेका विद्यार्थीहरूले रजिस्ट्रेसनको अर्थकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा अर्थात् ८ कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिलगायत सम्बन्धित विद्यालयमा बुझाउनुपर्ने जनाएको छ ।

यस वर्षको ९ कक्षामा साधारण तथा प्राविधिकतर्फ पढिरहेका विद्यार्थीका लागि पनि रजिस्ट्रेसन फाराम भर्न बोर्डले सूचित गरेको छ । आगामी वर्ष एसईई दिनका लागि रजिस्ट्रेसन फारम भर्नुपर्ने बोर्डले जनाएको छ ।

सम्बन्धित विद्यालयले आफ्नो विद्यालयमा नियमित अध्ययन गरिरहेका विद्यार्थीको विवरण पछिसम्म पनि फरक नपर्ने गरेर प्रमाणित गरी २०७७ माघ मसान्तभित्र राजस्व शुल्कसहित फाराम शिक्षा विकास तथा समन्वय इकाईमा बुझाइसक्नुपर्ने जनाइएको छ ।

यस्तो छ सूचना –

प्रकाशित : २०७७ पुष १५ गते ९:३०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI