अध्यक्ष नपाएको झोकमा माधव नेपाल प्रचण्डको पछि लागे: मुख्यमन्त्री गुरुङ

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ १९ गते १७:५०
अध्यक्ष नपाएको झोकमा माधव  नेपाल प्रचण्डको पछि लागे: मुख्यमन्त्री गुरुङ

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अध्यक्ष पद नपाएको झोकमा माधवकुमार नेपाल प्रचण्डको पछि लागेको बताउनुभएको छ । विधिको कुरा गर्ने नेपालले आफै अध्यक्ष पदको लागि महाधिवेशन सम्म कुर्न नसकेको बताउनुभयो ।

नेकपा मध्यविन्दु नगरकमिटीले अरुणखोलामा गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले नेपाली राजनीतिमा बिजुली चम्के जसरी आएका प्रचण्ड त्यसैगरी पलायन हुनेुु बताउनुभयो । नेपाली कम्युनिस्ट आन्दोलनका मोहन बिक्रम सिंह, मोहन बैद्य सहित बाबुराम भट्टराई सम्मले एक्लो बनाएका प्रचण्डलाई विश्वास गर्न नहुने भन्दै केपी ओलि नेतृत्वको नेकपा नै आधिकारिक र सुर्य चिन्ह आफुहरुको भएको बताउनु भयो । नेकपाबाट अवसरवादी नेताहरु पलायन भएको भन्दै उनिहरु बाहिरिदा नेपाली कम्युनिस्ट आन्दोलनमा कुनै क्षति नहुने उहाँको भनाइ छ । भारतीय नाकाबन्दी देखि लिपुलेक, कालापानी समेटेर नक्सा जारी गरेपछि नेपाल र प्रचण्डले निउ खोज्न थालेको बताउनुभयो ।

आज नेकपा मध्यविन्दु नगर कमिटीले मध्यविन्दु-१० को अरुणखोला अगुवा पार्टी कार्यकर्ता भेला आयोजना गरेको थियो ।आजनै मुख्यमन्त्री गुरुङले दुम्किबास त्रिवेणी सडकको समेत अवलोकन गर्नुभएको छ ।

प्रकाशित : २०७७ माघ १९ गते १७:५०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI