आजको माैसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २१ गते ७:४८
आजको माैसम : उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

काठमाडाैं। पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव देखिएसँगै मुलुकभर चिसो बढेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार हाल देशका पहाडी भू-भागमा आशिंक बदली रहेको छ। बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको छ।

आज दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ। अन्य भू-भागमा  मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ।

यसैगरी आज राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

आगामी २४ घण्टामा प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ। साथै, तराईका भू-भागहरुमा  हुस्सु/कुहिरो लाग्‍ने सम्भावना रहेकोले चिसोबाट बच्‍न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित : २०७७ माघ २१ गते ७:४८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI