पुर्वी नवलपरासीमा बन्दको प्रभाव : यातायात, शैक्षिक संघ संस्था पुर्णरुपमा बन्द

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २२ गते १४:४०
पुर्वी नवलपरासीमा बन्दको प्रभाव : यातायात, शैक्षिक संघ संस्था पुर्णरुपमा बन्द

कावासोती । नेकपा दाहाल-नेपाल समुहले घोषणा गरेको बन्दको प्रभाव पुर्वी नवलपरासीमा पनि परेको छ ।

बन्दको कारण जिल्ला भएर चल्ने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैन्न । शैक्षिक संघ संस्थाहरु पुर्ण रुपमा बन्द भएका छ्न भने जिल्लाका मुख्य बजारका पसलहरु छिटफुट रुपमा खुलेका छ्न ।

बन्दकर्ताहरु जिल्लाको गैंडाकोट , अमरापुरी ,दलदले , डण्डा , चोरमारा लगाएतका स्थानमा बन्द कर्ताहरु समुह बनाएर सडकमा बसेका छ्न ।

बन्दकर्ता सडकमा निस्किए पछि जिल्लामा सुरक्षा व्यवस्था कडा बनाईएको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका सुचना अधिकारी दिलिपकुमार गिरीले बताए ।जिल्लामा अहिलेसम्म अवस्था सामन्य रहेको र कसैलाई नियन्त्रणमा नलिएको गिरीले बताए ।

प्रधानमन्त्री केपि ओलिले पौष ५ गते प्रतिनिधि सभा विघटन गरेपछी प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै सडक आन्दोलनमा रहेको नेकपाको दाहाल-नेपाल समूहले सरकारले संवैधानिका निकायहरुको नियुक्तिमा बलमिच्याई गरेको भन्दै  देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।

प्रकाशित : २०७७ माघ २२ गते १४:४०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI