केपि ओली र ज्ञानेन्द्र दुबै अध्यक्ष भएको पार्टी बन्यो भने अनौठो नमान्दा हुन्छ : योगेश भट्टराई

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २४ गते १७:२५
केपि ओली र ज्ञानेन्द्र दुबै अध्यक्ष भएको पार्टी बन्यो भने अनौठो नमान्दा हुन्छ : योगेश भट्टराई

कावासोती  ।नेपाल कम्युनिस्ट पार्टी( प्रचण्ड माधव समुह)का नेता योगेश भट्टराईले केपि ओली र पुर्व राजा ज्ञानेन्द्र दुबै अध्यक्ष भएको पार्टी बन्यो भने अनौठो मान्नु नपर्ने बताएका छ्न । शनिबार पुर्वी नवलपरासीको कावासोतीमा नेकपा ( प्रचण्ड माधव समुह)को युवा विद्यार्थीको भेला एवं प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले केपि ओलीको पछिल्लो गतिविधि व्यवस्था विरोधी देखिएको बताए । उनले भने “हिजोका मण्डले, संघीयता र गणतन्त्र विरोधी आज केपि ओलीको साथमा छ्न, केपि ओलीले कस्तो जमातको नेतृत्व गर्दै हुनुहुन्छ देखिएकै छ, भोलि पुर्व राजा ज्ञानेन्द्र र केपी ओलि दुबै अध्यक्ष भएको पार्टी बन्यो भने अनौठो मान्नु पर्दैन ।”

संसद विघटनको मुद्दामा ओलीको पक्षमा बहस गर्ने वकिल देखि लिएर ओलिका अगाडि पछाडि रहने सबै संघीयता र गणतन्त्र विरोधी भएको बताउदै नेता भट्टराईले प्रधानमन्त्री ओली ईतिहासकै कम्जोर प्रधानमन्त्री भएको जिकिर गरे ।

ओलीले निर्वाचित प्रतिनिधि सभा विघटन गरेर सत्ता र शक्तिको दुरुपयोग गर्दै आफुलाई शक्तिशाली बनाउने प्रयत्न गरेको आरोप लगाउदै नेता भट्टराईले ओलीको कदममा सर्वोच्चले साथ नदिने विश्वास व्यक्त गरे ।

कार्यक्रममा युबा संघका संयोजक रामप्रसाद सापकोटा “दिपशिखा” , अनेरास्ववियुका सह संयोजक रन्जित तामाङले प्रशिक्षण दिएका थिए ।

 

 

प्रकाशित : २०७७ माघ २४ गते १७:२५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI