पुर्वी नवलपरासीमा बन्ध्याकरण शिविर सम्पन्न : १ सय ७१ जनाले सेवा लिए

NAWALPUR TIMES
प्रकाशित : २०७७ माघ २९ गते २०:०९
पुर्वी नवलपरासीमा बन्ध्याकरण शिविर सम्पन्न  : १ सय ७१ जनाले सेवा लिए

कावासोती । पुर्वी नवलपरासीमा गत माघ ७ गते बाट सुरु भएको स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको छ । माघ ७ गते जिल्लाको देवचुली स्थित दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रबाट सुरु भएको शिविर बिहिवार गैंडाकोट स्थित पितौजीघाट स्वास्थ्य केन्द्रमा आएर सम्पन्न भएको हो ।

जिल्लामा सन्चालन भएको २२ दिन लामो घुम्ती शिविरबाट १ सय ७१ जनाले सेवा लिएका जिल्ला स्वास्थ्य कार्यालय पुर्वी नवलपरासीका प्रमुख केशव चापागाईंले बताए । १७१ जना मध्य १०० जना पुरुष र ७१ जना महिला रहेका चापागाईंले बताए ।

चापागाईंका अनुसार जिल्लाको देवचुलीमा २३, कावासोतीमा ३२, मध्यबिन्दुमा ४० जना, बिनयी त्रिबेणीमा २२, हुप्सेकोटमा २२, बौदीकालीमा १४, बुलिङटारमा ४ जना र गैंडाकोटमा १४ जनाले गरि १ सय १७१ जनाले स्थायी बन्ध्याकरणको सेवा लिएका हुन ।

जिल्लाको आठ वटा स्थानीय तहको विभिन्न १४ स्थानमा शिविर सन्चालन गरिएको थियो ।शिविरमा ५० जनाले अस्थायी परिवार नियोजनको सेवा समेत लिएका स्वास्थ्य कार्यालयले जनाएको छ ।

 

 

 

प्रकाशित : २०७७ माघ २९ गते २०:०९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI