आईपीएल : पहिलो खेलमा आरसीबीसँग मुम्बई इण्डियन्स पराजित

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत २८ गते ६:५९
आईपीएल : पहिलो खेलमा आरसीबीसँग मुम्बई इण्डियन्स पराजित

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं संस्करणको पहिलो खेलमा रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)ले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

आरसीबीले मुम्बईलाई २ विकेटले पराजित गरेको छ। टस हारेर पहिला व्याटिङ गरेको मुम्बईले १५९ रन बनाएको थियो। १६० रन बनाएको आरसीबीको शुरुवात भने राम्रो हुन सकेन ।

आरसीबीका एबी डिभिलियर्सले २७ बलमा ४७ रन बनाएएर रोमान्चक खेल खेलेका थिए । आरसीबीले अहिलेसम्म ३ पटक सिजनको पहिलो खेल खेलेपनि तीनै पटक उसले हार ब्यहोरेको छ । आरसीबी सन् २००९, २०११ र २०१६ मा गरी तीनपटक प्रतियोगिताको फाइनलमा पुगेपनि हालसम्म उपाधिविहीन रहँदै आएको छ ।

खेल चेन्नईमा भएको थियो। कोरोना सँक्रमणको दोश्रो लहरले त्रास बढाइरहेको बेला दर्शकहरु भने कम थिए। शनिबार दोस्रो खेल मुम्बईको बांखडे मैदानमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच हुनेछ।

प्रकाशित : २०७७ चैत २८ गते ६:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI