७० करोड भ्रष्टाचारमा मुछिएका बाँस्कोटा सार्वजनिक लेखा समिति सदस्य

NAWALPUR TIMES
प्रकाशित : २०७७ चैत ३१ गते ९:०३
७० करोड भ्रष्टाचारमा मुछिएका बाँस्कोटा सार्वजनिक लेखा समिति सदस्य

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा पूर्व मन्त्री तथा एमाले सांसद गोकुल बास्कोटालाई पनि राखिएको छ । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा एमाले संसदीय दलको सिफारिस अनुसार बाँस्कोटा सो समिति सदस्य बनेका हुन् ।

बाँस्कोटा सञ्चार तथा सूचना प्रविधिमन्त्री भएका बेला सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा विवादित बनेका थिए । बाँस्कोटाले सेक्युरिटी प्रिटिङ प्रेसमा ७० करोडको घुस डिल गरेको अभियोग खेपिरहेका छन् ।

 

बाँस्कोटाले सेक्युरिटी प्रिटिङ प्रेस खरिद प्रकरणमा ७० करोड घुस मागेको अडियो सार्वजनिक भएको थियो । सो अडियो बाहिर आएपछि बाँसकोटाले सूचना तथा सञ्चारमन्त्रीबाट राजीनामा दिएका थिए ।

यस्तै, ओम्नी प्रकरणमा विवादित उपप्रधानमन्त्री ईश्वर पोखरेलका निकट राजेन्द्र गौतमलाई पनि लेखा समिति सदस्यमा राखिएको छ । स्वास्थ्य सामग्री खरिद गर्न ओम्नीलाई ठेक्का दिइएको विषयमा उपप्रधानमन्त्री पोखरेल विवादमा तानिएका थिए । यो प्रकरणमा पनि लेखा समितिले अनियमितता औंल्याएर थप छानबिन गरी कारबाही गर्न अख्तियारलाई सिफारिस गरेको थियो ।

नेकपा एमालेले संसदीय समितिहरूमा रहेका सदस्यहरूको हेरफेरको सिफारिस गरेको थियो । फागुन २३ गतेपछि एमाले ठूलो दलको हैसियतमा रहेकाले नेकपाका संरचनाअनुसारको समितिका सदस्यहरू अमान्य हुने बताउँदै आएको उसले हेरफेरको सिफारिस गरेको थियो ।

प्रकाशित : २०७७ चैत ३१ गते ९:०३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI