चितवनमा नक्कली प्रेस कार्ड देखाएर निषेधाज्ञा उलंघन गर्ने पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ३० गते २२:१६
चितवनमा नक्कली प्रेस कार्ड देखाएर निषेधाज्ञा उलंघन गर्ने पक्राउ

चितवन : चितवनमा नक्कली प्रेस कार्ड देखाएर निषेधाज्ञा उलंघन गर्ने एक जना युवक पक्राउ परेका छन् । प्रहरीले बिहिबार भरतपुर महानगरपालिका ३ पुल्चोकमा चेकजाँचको क्रममा नक्कली प्रेस कार्ड देखाउने नवलपरासीको गैडाकोट नगरपालिका ५ का २२ बर्षिय बिजय लामिछानेलाई पक्राउ गरेको हो । चेकजाँच गर्ने क्रममा म पत्रकारको रिपोटर हुँ भन्दै खटिएको प्रहरी टोलीलाई प्रेस रिपोटरको परिचय पत्र देखाएका थिए । प्रहरीले शंका लागि थप सोधपुछ गर्दा कुनै पनि सञ्चार माध्यामको रिर्पोटर नभएको पत्ता लागेको हो । उनको साथबाट बिजय लामिछाने रिपोटर लेखेको प्रेस आइडी कार्ड समेत फेला परेको हुँदा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक सरोज गिरिले बताउनुभयो ।

प्रकाशित : २०७८ वैशाख ३० गते २२:१६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI