रामग्राम नगरपालिकाका मेयर गुप्ता चढने गाडी अब संक्रमित बोक्ने एम्बुलेन्स

NAWALPUR TIMES
प्रकाशित : २०७८ वैशाख ३१ गते १५:४१
रामग्राम नगरपालिकाका मेयर गुप्ता चढने गाडी अब संक्रमित बोक्ने एम्बुलेन्स

उमेश बि.क /नवलपरासी                    पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ताले आफु चढ्ने गाडीलाई कोरोना संक्रमित बिरामी बोक्ने एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिइएका छन ।

नगरपालिका भित्र दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढदैं जांदा संक्रमितलाई उपचारको लागि अस्पताल लैजान एम्बुलेन्सको अभाव भएकोले नगरप्रमुख गुप्ताले चढ्ने गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्न दिइएका हुन ।

नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले चढ्ने लु १ झ ४७३ नम्बरको स्कारपियोलाई एम्बुलेन्सको रूपमा प्रयोग गरिने नगर प्रमुख गुप्ताले राष्ट्रिय दैनिकलाई जानकारी गराउनु भएको हाे ।

बिरामी एम्बुलेन्स नपाएर छ्टपटिँदा आफुहरुले सुबिधा लिनुभन्दा एम्बुलेन्सको रूपमा प्रयोग गर्न उपयुक्त लागेर यस्तो निर्णय गरिएको नगर प्रमुख गुप्ताले बताए । उनले भने २४ सै घण्टा संक्रमित बिरामीले फोन गरे तुरुन्तै घरमा पुग्नेछन् । साथै अहिलेकाे परिस्थितिमा नागरिकले एम्बुलेन्स नपाएर घरमै छटपटईरहदा हामी गाडि चढेर हिड्न सुहाउँदैन बताउदै नागरिककाे करबाट खरिद गरिएकाे सरकारी गाडि नागरिककै लागि प्रयाेगमा ल्याएकाे गुप्ताकाे भनाई छ ।

उनले आफुले चढेकाे गाडि काेराेना संक्रमित बिरामि बाेक्ने एम्बुलेन्स प्रयाेगम ल्याएपछि मेयर गुप्ताले आफनाे व्यक्तिगत गाडिमा दैनिक जनताकाे सेवा र दैनिक कार्यमा निस्कन थालेका छन ।

कोभिड १९ को संक्रमण न्युनीकरण तथा रोकथामकालागि नगरपालीकाले भुमिका निर्वाह गर्दै आईरहेको रामग्राम नगरपालिका उपमेयर रम्भा कुवंरले बताउनुभयो । यश भयावह अवस्थामा पनि जनताको सेवामा सबै जनप्रतिनिधिहरु निरन्तर लागेको बताउदै उक्त गाडि एम्बुलेन्स सेवाकाे रूपमा संचालन गरेपछि काेभिड १९ बाट संक्रमित भएका बिरामीहरूलाई बाेक्न थालेकाे बताउनु भएको हाे।

उक्त एम्बुलेन्स नगरभित्र काेराेना संक्रमितका बिरामिहरूलाई घरबाट आसाेलेसन सेन्टर र आवश्यकता अनुसार आस्पताल लैजानेकाे लागि प्रयाेगमा कार्यमा व्यावस्था मिलाईएकाे रामग्राम नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजेश पन्थिले जानकारी दिए । उनकाे अनुसार उक्त गाडीकाे सिटमा अक्सिजन सहितकाे व्यवस्थापन गरि एम्बुलेन्स संचालनमा ल्याईएकाे पन्थिले बताए ।रामग्राम नगरपालिकाले बीस बेडकाे आईसाेलेसन संचालन गरेपनि जसमध्ये दशबेडकाे अक्सिजन सहितकाे आईसाेलेशसन सेन्टर संचालन गरेकाे छ ।

अहिले आईसाेलेसनमा २ जना काेराेना संक्रमित बिरामि रहेकाे जसमध्ये एक जना सिकिस्त भएपछि नगरपालिकाले तयार पारेकाे स्कार्पिय गाडिलाई एम्बुलेन्सकाे रुपमा प्रयाेगगरी बिरामिलाई पृथ्वी चन्द्र आस्पतालमा रिफर गरिएकाे रामग्राम नगरपालिका काेराेना फाेर्कल प्रसन सुरज हरिजनले जानकारी दिए ।

यसैगरी रामग्राम नगरपालीकाले कोभिड १९ संक्रमती भई होम आईसोलेसनमा बसेका संक्रमीतहरुको घर घरमा पुगेर औषधी वितरण गर्ने बिरामीहरुलाई स्वास्थ्यकर्मीहरु मार्फत घरमै गई परामर्श दिने काम गर्दै आईरहेको छ ।

प्रकाशित : २०७८ वैशाख ३१ गते १५:४१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI