कृष्ण थापा सांसद पदबाट दोस्रो पटक बर्खास्त

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ २८ गते ११:४४
कृष्ण थापा सांसद पदबाट दोस्रो पटक बर्खास्त

पोखरा । गण्डकी प्रदेशका सांसद कृष्ण थापा फेरि बर्खास्त भएका छन् । थापालाई सांसद पदबाट बर्खास्त गरिएको पत्र गण्डकी प्रदेको संसद सचिवालयमा दर्ता भएको छ ।

पार्टीको निर्देशन उल्लंघन गरेको भन्दै राष्ट्रिय जनमोर्चाले सांसद थापालाई बर्खास्त गरेको जनाएको छ ।

सांसद थापाले बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनेक्रममा तटस्थमा मत दिएका थिए । तर पार्टीले सांसदलाई विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।

थापालाई पार्टीले सांसद पद र पार्टीको साधारण सदस्यतासमेत नरहने गरि गरी कार्वाही गरेको थियो । त्यसपछि उनी सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले ह्विप उलङ्गन गरिएको नदेखिएको भन्दै थापालाई संसद पद थमौति गरेको थियो ।

प्रकाशित : २०७८ जेठ २८ गते ११:४४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI