गण्डकीमा मुख्यमन्त्री पोखरेलले बजेट प्रस्तुत गर्ने, पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने

NAWALPUR TIMES
प्रकाशित : २०७८ जेठ ३० गते १२:२१
गण्डकीमा मुख्यमन्त्री पोखरेलले बजेट प्रस्तुत गर्ने, पूर्वमुख्यमन्त्रीलाई सुविधा दिने

पोखरा, ३० जेठ । गण्डकी प्रदेश सरकारको बजेट मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले नै प्रस्तुत गर्ने भएका छन् ।

सरकारका प्रवक्ता विनाविभागीय मन्त्री कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेट प्रस्तुत गर्ने बताए । बजेटको नीति तथा कार्यक्रम पनि पोखरेलले नै वाचन गर्नेछन् ।

छोटो समयमा सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बाध्यतामा रहेका उनले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसँग छलफल गरेर अघि बढ्ने सरकारका प्रवक्ता खड्काले बताएका छन् ।

मन्त्रिपरिषद बैठकले पूर्व मुख्यमन्त्रीलाई दिनुपर्ने सम्मानबारे ऐन बनाएर अघि बढ्नेबारे पनि निर्णय गरेको प्रवक्ता खड्काले जानकारी दिएका छन् ।

प्रवक्ता खड्काले नवगठित सरकारले चाँडै विश्वासको मत लिने योजनामा रहेकोसमेत जानकारी दिएका छन् । उनले प्रमुख प्रतिपक्षीसँग समन्वय गरेर सरकार अगाडि बढ्ने बताएका छन् ।

प्रकाशित : २०७८ जेठ ३० गते १२:२१
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI