कवड्डी संघकी अध्यक्ष रहेकी वामदेव पत्नी तुलसा जुडो व्यवस्थापक बनेर जापानमा !

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ६ गते ९:१४
कवड्डी संघकी अध्यक्ष रहेकी वामदेव पत्नी तुलसा जुडो व्यवस्थापक बनेर जापानमा !

काठमाडौं । नेकपा एमाले सांसद तुलसा थापा जुडो व्यवस्थापकका रुपमा टोकियो पुगेकी छन् । नेपाल कवड्डी संघको अध्यक्ष रहेकी रहेकी उनलाई जुडो व्यवस्थापकको रुपमा ओलम्पीकमा पठाइदा जुडोमा योगदान दिएका व्यक्तिहरु भने असन्तुष्ट बनेका छन् ।

सांसद तुलसा मात्रै होइन तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणा पनि जापान पुगेका छन् । उनी जुडोको व्यवस्थापककै रूपमा जापान पुगेको बताइएको छ ।

सांसद थपा नेकपा एमाले उपाध्यक्ष वामदेम गौतमकी श्रीमतीसमेत हुन् । उनी र प्रकाश शमशेर राणा राजनीतिक आडका आधारमा जिम्मेवारी भन्दा फरक ढंगले ओलम्पीकमा सहभागी भएको जुडो संघका पदाधिकारीहरुको आरोप छ ।

जुडोका पूर्व प्रशिक्षक चन्द्र डंगोल भने उनीहरुको यो सहभागितालाई खेलकुद क्षेत्रको फोहोरी राजनीतिको संज्ञा दिन्छन् ।

‘उहाँहरु विधाभन्दा बाहिर हुनुहुन्थ्यो । तर जुडोकै व्यवस्थापक रुपमा जानु भयो । यो खेल जगतका लागि लागि दुस्खद् पक्ष हो,’  उनी भन्छन्, ‘जुडोमा उहाँहरु भन्दा पनि धेरै योगदान गरेका व्यक्तित्वहरु हुनुहुन्थ्यो । यसले खेलकुद क्षेत्र राजनीतिक थलो बनिसकेको पुष्टि गर्छ । तर यो कदापी राम्रो होइन।’

उता ओम्पिक कमिटीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठले भने उहाँहरु कमिटीको सचिव र सदस्य भएकाले जापान गएको प्रतिकृया दिएकी छन् । उनले राजनीतिक दबाबमा आडमा गएको भन्ने कुरामा सत्यता नरहेको बताइन् । यद्यपि ओलम्पिकमा भाग लिँदा खेलको विधासँग सम्बन्धित व्यक्ति नै सहभागी हुनुपर्ने प्रावधान भने रहेको छ ।

यसअघि ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङ र राखेप उपाध्यक्ष शिव कोइराला जापान जाने तय भएको थियो । तर उनीहरुले बोर्डको बैठकसमेत नराखिएकोले जापान नजाने घोषणा गरेका थिए ।

२०२० जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुने टोकियो ओलम्पिकमा नेपालमा पाँच खेलाडिले भाग लिँदैछन् । जसमा नेपालका तर्फबाट खेलाडी, प्रशिक्षक र पदाधिकारीसहित २४ जना जापान पुगिसकेका छन् ।

प्रकाशित : २०७८ साउन ६ गते ९:१४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI