टोकियोमा आज ३२ औं ग्रीष्मकालीन ओलम्पिकको उदघाटन हुँदै

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ८ गते ९:३४
टोकियोमा आज ३२ औं ग्रीष्मकालीन ओलम्पिकको उदघाटन हुँदै

काठमाडौँ । विश्व खेलकुदको कुम्भमेला मानिने ३२ औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुदको आज औपचारिक उद्घाटन हुँदैछ ।

जापानको राजधानी टोकियोमा भइरहेको विश्व खेलकुद ओलम्पिकको आज एक विशेष समारोहमाझ उद्घाटन हुनेछ । नेपाली समयअनुसार शुक्रबार अपराह्न ४ बजेपछि उद्घाटन समारोहको मार्च पास हुने जनाइएको छ । जसमा नेपालको झण्डा पौडीबाज गौरिका सिंह र एलेक्जेन्डर शाह बोक्ने छन् ।

उद्घाटन आज हुने भए पनि यस खेलका केही प्रतिस्पर्धा भने गएको बुधबारबाटै सुरु भइसकेका छन् । ओलम्पिक खेल्न विश्वभरबाट २०४ देशका गरी ११ हजार २ सयभन्दा बढी खेलाडी टोकियो पुगिसेका छन् । जसमा नेपालबाट पनि खेलाडीसहित २३ सदस्यीय टोली जापान गइसकेको छ । नेपालबाट पौडीमा गौरीका सिंहसँगै एलेक्जेण्डर शाह तथा एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्ने भएका छन् ।

कोरोना भाइरस महामारीकै बीच हुने उक्त खेलकुदको उद्घाटन समारोहमा विभिन्न १५ राष्ट्र र संगठनका प्रमुखहरु सहभागी हुने जनाइएको छ ।

प्रकाशित : २०७८ साउन ८ गते ९:३४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI