नवलपुरमा सक्रिय संक्रमितको संख्या ८ सय नाघ्यो

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन १२ गते १७:५९
नवलपुरमा सक्रिय संक्रमितको संख्या ८ सय नाघ्यो

कावासोती । नवलपुरमा सक्रिय संक्रमितको संख्या ८ सय नाघेको छ ।

मंगलबार जिल्लामा ६२ जना कोरोना संक्रमित थपिए सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय नाघेको हो ।

मंगलबार जिल्लाकोथपिएका संक्रमित मध्ये गैंडाकोटमा ६, देवचुलीमा ७ कावासोतीमा २३, मध्यविन्दुमा २१, विनयी त्रिवेणिमा ३ र हुप्सेकोटमा २ जना रहेका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

आज थपिएका ६२ सहित जिल्लामा सक्रिय संक्रमितको संख्या ८०३ पुगेको छ ।

प्रकाशित : २०७८ साउन १२ गते १७:५९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI