पुरुषको वेवारिसे शव फेला

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २२ गते २१:२४
पुरुषको वेवारिसे शव फेला

गैँडाकोट । नवलपुरको गैँडाकोटमा एक पुरुषको वेवारिसे शव फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. ६ गैँडाचोक देखि करिव १०० मिटर भित्र एक पुरुषको शव फेला परेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।
अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको हो । उनको हत्या वा आत्महत्या के हो भन्ने बारेमा अहिलेसम्म केहि जानकारी प्राप्त हुन सकेको छैन । प्रहरीले अहिले अवेर भएको भन्दै भोली मात्रै मुचुल्का उठाउने तयारी गरेको छ ।

प्रकाशित : २०७८ साउन २२ गते २१:२४
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI