नवलपुरमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २५ गते १८:१९
नवलपुरमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

नवलपुरमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार सोमबार जिल्लामा गरिएको एन्टिजेन तथा पिसिआर परिक्षणमा ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार थपिएका संक्रमित मध्ये गैंडाकोटमा ८, देवचुलीमा १५, कावासोतीमा ४७ , मध्यविन्दुमा ९ , विनयीत्रिवेणीमा ४, हुप्सेकोटमा ७ जना र जिल्ला बहिरका १ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

सोमबार  थपिएका ९१ जना संक्रमित सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ७२८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित : २०७८ साउन २५ गते १८:१९
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI