मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ आज बाँडफाँड गरिने

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन २६ गते ७:५६
मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ आज बाँडफाँड गरिने

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ आज मंगलबार बिहान ९ बजे बाँडफाँट हुने भएको छ । प्री–अलोटमेन्ट आइतबार सम्पन्न भइसकेको पछि आइपीओ बाँडफाँड गर्ने भएकाृ बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ ।  २१ लाख १८ हजार ९२५ जना आवेदकले २ करोड ८५ लाख ४१ हजार ८४० कित्ताका लागि आवेदन दिएका छन् ।

माग भन्दा ४१.६८ गुणा बढी आवेदन परेको हो । कम्पनीले साउन १४ गतेदेखि कुल ७ लाख २६ हजार २८६ कित्ता आइपीओ बिक्री खुला गरेको हो । यसमध्ये २५ अर्थात १४ हजार ७२६ कित्ता सेयर कर्मचारी र ५५ ले हुने ३६ हजार ८१४ कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ।सर्वसाधारणका लागि छुट्याईएको प्रतिकित्ता रू। १०० अंकित दरको रू। ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओमध्ये ६ लाख ८४ हजार ७४६ कित्ता सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो । कुल कित्तामध्यबाट २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ ।

उक्त आईपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकहरुबाट २ करोड ८४ लाख ४१ हजार ८४० कित्ता शेयर खरिदको लागि आवेदन परेको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको भनाई छ । सोमवार प्रि अलोटमेण्ट सम्पन्न गरिसकेको जानकारी दिदैं क्यापिटलले मंगलवार विहान ९ बजे क्यापिटलकै कार्यालयमा बाँडफाँट गर्न लागिएको जानकारी दिएको हो ।

कम्पनीले २०७४ साल असोज २० गते उक्त आईपीओ निष्कासनका लागि निवेदन दिएको थियो । आवेदन दिएको ३ बर्ष ९ महिनामा बल्ल आईपीओ निष्कासनका लागि अनुमति पाएको हो । आयोजना प्रभावित स्थानियका लागि कम्पनीले २०७४ साल जेठ १७ गतेदेखि ३१ गतेसम्म आईपीओ विक्री खुला गरी असार ३० गते बाँडफाँट गरेको थियो । आयोजना प्रभावित स्थानियमा कम्पनीले ३ लाख ६८ हजार १४४ कित्ता शेयर वितरण गरेको हो ।

यस कम्पनीले रसुवा जिल्लाको डाँडाँगाउँमा ५ मेगावाट क्षमताको मैलुङ खोला आयोजना सञ्चालन गरिरहेको छ । उक्त आयोजनाबाट कम्पनीले २०७१ असारदेखिनै व्यवसायिक आम्दानी गरिरहेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपछि कम्पनीको चुक्तापूँजी रू। ३६ करोड ८१ लाख ४३ हजार कायम हुनेछ । यो शेयरमा संस्थापक तर्फ ७० प्रतिशत, आयोजना प्रभावित स्थानियमा १० प्रतिशत र कर्मचारी समेत सर्वसाधारणमा २० प्रतिशत स्वामित्व रहनेछ ।

यस कम्पनीको आर्थिक वर्ष ०७६÷७७ सम्मको वास्तविक प्रतिशेयर आम्दानी रू। १७ दशमलव ८८ र प्रतिशेयर नेटवर्थ रू। ९५ दशमलव ७५ रहेको छ । उक्त अवधिसम्म कम्नपी रू। १ करोड २० लाख ९८ हजार खुद नोक्सानीमा रहेको छ । आर्थिक वर्ष ०७७÷७८ सम्म कम्पनीले रू। ७ करोड ४५ लाख ५३ हजार खुद नाफा गर्ने प्रक्षेपण गरेको छ  ।

प्रकाशित : २०७८ साउन २६ गते ७:५६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI