नवलपुरमा निषेधाज्ञा भदौ १० गते सम्म थप

NAWALPUR TIMES
प्रकाशित : २०७८ साउन ३१ गते १४:३५
नवलपुरमा निषेधाज्ञा भदौ १० गते सम्म थप

कावासाती । नवलपुरमा निषेधआज्ञाको समय बढाएर भदौ १० गते सम्म पु¥याईएको छ ।

आईतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारीस अनुसार निषेधआज्ञाको समय बढाएर भदौ १० गते सम्म पु¥याईएको जिल्ला प्रशासन कार्यालय नवलपुरका सुचना अधिकारी आनन्द भुसालले जानकारी दिए । थप गरिएको निषेधआज्ञामा यस अघि जारी गरिएको आदेशहरुलाई निरन्तरता दिईएको भुसालले बताए ।

यस अघि साउन १८ गते थपिएको निषेधआज्ञाका आज राती १२ बजेबाट सकिदै थियो ।

निषेधआज्ञाको आदेश

प्रकाशित : २०७८ साउन ३१ गते १४:३५
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI