अखिल क्रान्तिकारी नवलपुरका दुई उपाध्यक्ष सहित १५ जनाको सामुहिक राजिनामा

NAWALPUR TIMES
प्रकाशित : २०७८ असोज १४ गते २०:२६
अखिल क्रान्तिकारी नवलपुरका दुई उपाध्यक्ष सहित १५ जनाको सामुहिक राजिनामा

नवलपुर । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी नवलपुरमा गुटबन्दी भएको भन्दै दुई जना जिल्ला उपाध्यक्ष सहित १५ जनाले विहीबार सामुहिक राजिनामा दिएका छन् ।

 

अखिल क्रान्तिकारीको आजबाट शुरु भएको राष्ट्रिय सम्मेलनमा प्रतिनिधि छनौटमा अध्यक्ष आशिस आचार्यले एकलौटी गरेको, बिना बैठक जिल्ला पाटीलाई जानकारी नगराई गुटबन्दीकै आचारधारमा प्रतिनिधि छनौट गरेको, संगठनमा लामो समय काम गरेकोलाई छनौट गरेको, सिनियर साथीहरुलाई अपमान गर्न संगठनमा पुजीवादीहरुको हाबी भएको देखाउँदै उनीहरुले सामुहिक राजिनामा दिएका हुन् ।

 

व्यक्तिवादी चरित्र र गुठगट राजनीतिक हावी भएका कारण सङगठन मा रहेर काम गर्न नसक्ने अवस्था आएपछिसामुहिक राजिनामा दिएको जिल्ला उपाध्यक्ष नवीन पाठकले बताए ।

 

नवलपुर जिल्लाबाट ५ जना केन्द्रिय प्रतिनिधि छनौट भएका छन् ।

 

जिल्ला उपाध्यक्ष नविन पाठक, दिनेश केसी, जिल्ला सहसचिव विष्णु गैरे, सदस्यहरु राजकुमार क्षेत्री, आशिष वाग्ले, शिशिर कंडेल, क्षितिज शर्मा, रोशन पौडेल, तिलक भण्डारी, मदन भुसाल, पूर्णिमा गैरे, विकास गुरुङ, श्रेया विसी, शिशिर गैरे र कावासोती नगर सचिव कुशल क्षेत्रीले सामुहिक राजिनामा दिएका हुन् ।

 

उनीहरुले जिल्ला पार्टीलाई राजिनामा बुझाएका जनाएका छन् ।

प्रकाशित : २०७८ असोज १४ गते २०:२६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI