निर्मला पन्त हत्या प्रकरण : शंकास्पद एकजना भारतीय नागरिक पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०७८ पुष १९ गते ९:४२
निर्मला पन्त हत्या प्रकरण : शंकास्पद एकजना भारतीय नागरिक पक्राउ

काठमाडौं : कञ्चनपुरकी निर्मला पन्तको हत्या आरोपमा प्रहरीले एकजना शंकास्पद भारतिय नागरिकलाई पक्राउ गरेर नेपाल ल्याएको छ । १० साउन २०७५ मा कञ्चनपुरको भिमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।

पक्राउ पछि १५ दिनअघि नै नेपाल ल्याइएका भारतीय नागरिक निकाल अलीबारे विस्तृत अनुसन्धान भइरहेको बुझिएको छ ।कञ्चनपुर प्रहरीले शंकास्पद अलीलाई नेपाल ल्याएको थियो । उनको डिएनए रिपोर्ट आउन बाँकी रहेको बताइएको छ ।

डिएनए परीक्षण भइरहेको र मिलेमा उनलाई सार्वजनिक गर्ने बताइएको छ । निकाल अली निर्मला पन्त हत्या भएको ठाउँ नजिकै तरकारी खेतीमा लागेको बताइएको छ । हत्यामा उनी संलग्न भए नभएको निक्र्यौल गर्न प्रहरीले तथ्यहरु खोजेको र डिएन रिपोर्टमा भर परेको बुझिएको छ ।

प्रकाशित : २०७८ पुष १९ गते ९:४२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI