देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ६ गते ८:३६
देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं : बिहीबार सातै प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपात समेत हुनेछ । हाल देशमा पश्चिमी वायु तथा उत्तर बंग्लादेश तथा यसको आसपासमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, बिहीवार राती सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशलगायत अन्य प्रदेशहरुको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ। देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित : २०७८ माघ ६ गते ८:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI