ग्लोबल क्वालिफायर्सअघि तीन खेल खेल्दै नेपाल

NAWALPUR TIMES
प्रकाशित : २०७८ माघ ८ गते १४:२२
ग्लोबल क्वालिफायर्सअघि तीन खेल खेल्दै नेपाल

काठमाडौँ- आईसीसी टी–ट्वान्टी विश्वकपको ग्लोबल क्वालिफायर्सको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले चार टिम सम्मिलित टि–ट्वान्टी श्रृंखला खेल्ने भएको छ । ओमानको मस्कटमा हुने श्रृंखलामा नेपालसहित घरेलु टिम ओमान, संयुक्त अरब इमिरेट्स (यूएई) र आयरल्यान्डले भाग लिने छन् ।

यो श्रृंखलाको आफ्नो पहिलो खेलमा नेपालले ओमानको सामना गर्नेछ भने दोस्रो र तेस्रो खेलमा क्रमशः यूएई तथा आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

ग्लोबल क्वालिफायर्स पनि ओमानमै हुँदैछ । जहाँ नेपाल, ओमान, क्यानडा, फिलिपिन्स, बहराइन, जर्मनी, आयरल्यान्ड र यूएईले सहभागिता जनाउँदैछन् । ग्लोबल क्वालिफायर्समा कुल १६ टिमले भाग लिँदैछन् । जसमध्ये आठ टिमको प्रतिस्पर्धा ओमानमा हुन लागेको हो ।

बाँकी आठ टिम सम्मिलित क्वालिफायर्स भने जिम्बावेमा हुनेछ । ओेमान र जिम्बावेमा हुने क्वालिफायर्सबाट चार टिमले आउँदो अक्टोबरमा हुने विश्वकपमा स्थान बनाउनेछन् । कुल १६ टिमले अस्टे«लियामा हुन लागेको विश्वकपमा भाग लिनेछन् ।

प्रकाशित : २०७८ माघ ८ गते १४:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI