कांग्रेस नवलपुरको सभापतिमा घिमिरेको उम्मेदवारी घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन ८ गते १८:५७
कांग्रेस नवलपुरको सभापतिमा घिमिरेको उम्मेदवारी घोषणा

नवलपुर । नेपाली कांग्रेस नवलपुरको सभापतिमा  जिल्ला कार्यसमितिका वर्तमान सचिव बालकृष्ण घिमिरेले उम्मेदवारी घोषणा गरेका छन ।

यहि फागुन १९ गते देखि सुरु हुने जिल्ला अधिवेशनमा आफुले सभापतिमा उम्मेदवारी दिने सामाजिक संजाल मार्फत घिमिरेले आधिकारिक घोषणा गरेका हुन ।

२०४७मा सालमा नेपाल विद्यार्थी संघको जिल्ला कार्यसमिति सदस्य भएका घिमिरे , २०५७ मा नेविसंघ जिल्ला सचिव २०६२ मा प्रजातान्त्रिक विचार समाजको संस्थापक जिल्ला सभापति, २०६५ मा प्रजातान्त्रिक विचार समाजको केन्द्रिय सदस्य, नेपाली कांग्रेसको ११ औं र १२ औं महाधिवेशनमा जिल्ला कार्यसमिति सदस्य, १३ औं महाधिवेशनमा जिल्ला सचीव बनेका घिमिरे जिल्लामा बौद्धिक नेताको रुपमा चिनिन्छन ।

नवलपुर टाईम्स सँगको कुराकानीमा घिमिरेले आफू जिल्ला सभापतिमा निर्वाचित भए तिनै तहको निर्वाचनमा पार्टीलाई विजय बनाउने दाबी गरे । जिल्ला सभापतिमा निर्वाचित भए स्थानीय, प्रदेश सभा र संघीय निर्वाचनमा आफुले उम्मेदवारी नदिने र पार्टीका उम्मेदवारलाई विजय गराउन पूरा शक्ति लगाउने घिमिरे बताउछ्न ।

केन्द्रिय महाधिवेशनमा पुस्ता हस्तान्तरणको मुद्दा उठेको र अधिकांश पदमा नयाँ पुस्ता आएकोले अब जिल्लामा पनि पुस्ता हस्तान्तरण हुन पर्ने बताउदै  नयाँ पुस्ताबाट पार्टीको नेतृत्व गर्न आफू सक्षम रहेको घिमिरेले बताए ।

प्रकाशित : २०७८ फागुन ८ गते १८:५७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI