नवलपुरमा नारायणी नदी किनारमा पुरुषको शव फेला

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन १० गते १०:०६
नवलपुरमा नारायणी नदी किनारमा पुरुषको शव फेला

नवलपुर । पूर्वी नवलपरासीमा नारायणी नदी किनारमा एक जना पुरुषको शव फेला परेको छ ।

नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १२ हर्कपुर स्थित नारायणी नदिको किनारमा नदिले बगाएर ल्याएको अवस्थामा अन्दाजी ४५ बर्षीया पुरुषको शव फेला परेको हो ।

मृतकको शव पोष्टमार्टमका लागि भरतपुर सरकारी अस्पताल, चितवन पठाईएको प्रहरीले जनाएको छ ।

मृतकको शव भने पहिचान नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०७८ फागुन १० गते १०:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI