प्रथम सेन्ट जोसेफ कप नक आउट फुटबल : दोस्रो खेलमा रजहर फुटबल क्लव विजयी

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन १४ गते १८:३३
प्रथम सेन्ट जोसेफ कप नक आउट फुटबल : दोस्रो खेलमा रजहर फुटबल क्लव विजयी

कावासोती । कावासोतीमा जारी प्रथम सेन्ट जोसेफ कप नक आउट फुटबल प्रतियोगिता २०७८ को शनिबारको खेलमा रजहर फुटवल क्लव विजयी भएको छ । निर्धारीत समय भित्रको खेलमा दुबै तर्फबाट २–२ गोल भए पछि खेल टाईवेकरमा गएको थियो ।

टाईवेकरमा रड्स रामपुर चितवन लाई रजहर फुटबल क्लवले ३–१ गोल अन्तरले पराजीत गरेको थियो ।

आजकोे खेलमा म्यान अफ दि म्याच रजहर फुटबल क्लवका गोविन्द के सी खेलाडी बने ।

प्रथम सेन्ट जोसेफ कप नक आउट फुटवल प्रतियोगिता २०७८ मा प्रथम हुने खेलाडीले नगद रु १ लाख ३० हजार सहित , ट्रफि र प्रमाण पत्र पाउने भएका छन भने । उपबिजेता टिमले नगद रु ८० सहित ट्रफि र मेडल प्राप्त गर्ने सेन्ट्रल कलेज २८ विगाहा क्लवका अध्यक्ष महेश अधिकारिले जानकारी दिए ।

हिजोको भएको उदघाटन खेलमा युनाईटेड युवा क्लव गिरुवारीले भैरव स्पोट्स क्लव गोपिगंजलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

भोलिको खेल झाक्रे फुटवल क्लव र नमुना युवा क्लव विच हुने खेल संयोजक युनिम राईले जानकारी दिए ।

प्रकाशित : २०७८ फागुन १४ गते १८:३३
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI