जीवनरक्षाका लागि जितबहादुरको आग्रह

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन १४ गते १९:०६
जीवनरक्षाका लागि जितबहादुरको आग्रह

गैंडाकोट ।गैंडाकोट नगरपालिका वडा नम्बर २ निवासी जितबहादुर चौधरी सामान्य ज्यालादारी मा काम गर्ने गर्छन् । केही बर्श अघिदेखि सामान्य टाउको को नशा फुलेको जस्तो भयो डाक्टरले विभिन्न थरी औषधिसमेत चलाए तर सन्चो भएन । अहिले भने उक्त नशा को घाउले बिकराल रुप लिए सङ्गै भरतपुर अस्पतालमा उपचारका लागि जितबहादुर गए । त्यहा उपचार हुन सम्भब नभए पछि काठमाडौ टिचिङ्ग अस्पतालमा रिफर गरियो ।

रिफर पर्चा लिएर टिचिङ्ग पुगेका जितबहादुर लाई विभिन्न बहानामा काठमाडौ नै बस्न बाध्य बनाइयो एक महिना अस्पताल धाउदाधाउदा अन्तमा अस्पतालले मेसिन बिग्रेको कारण अहिले सल्यक्रिया हुन नसक्ने जवाफ दियो ।

तर जितबहादुर को तत्काल अपरेसन गर्नु पर्ने अबस्था छ निजि अस्पतालमा जान उनी सङ्ग नगद छैन । “अरुसंग ऋण लिएर उपचार गराउन पनि तिर्ने उपाय छैन । सहयोग के भनेर माग्ने । हामी साह्रै अफ्ठ्यारोमा परेका छौं । घर जग्गा पनि छैन बेचबिखन गरेर उपचार गराउन,अरुको काम नगरी खान नपुग्ने परिवार छ । अनि मलाई बाच्न र यो उपचारमा लागेको ऋण तिर्नुछ,गरिवले उपचार गराउन कठिन हुँदो रहेछ । हाम्रो परिवारमा यति ठूलो खर्चमा उपचार पहिलो पटक गर्दै छौँ” जितबहादुर ले भावुक हुँदै भने ।

उनी नवलपरासी प्रतापपुर गाउपालिका ९ खैरहनीका स्थानीय बासिन्दा हुन् । सहयोग र अन्य जानकारीका लागि जितबहादुर को सम्पर्क नम्बर 9826266796 मा सम्पर्क गर्न सक्नुहुने छ ।

प्रकाशित : २०७८ फागुन १४ गते १९:०६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI