बन्लान त जिसी नवलपुर कांग्रेसको सभापति ?

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन १५ गते १२:११
बन्लान त जिसी नवलपुर कांग्रेसको सभापति ?

नवलपुर । नेपाली कांग्रेस नवलपुरको जिल्ला अधिवेशनको मिति नजिकिदै जादा जिल्लामा राजनीतिक गर्मा गर्मी सुरु भएको छ । शनिबार मात्रै जिल्ला सभापतिका आकांक्षी मदनभक्त अधिकारीले आफ्नो समर्थन बालकृष्ण घिमिरेलाई रहेको भन्दै उम्मेदवारी दौडबाट पछाडि हटेको बताई रहदा नवलपुर कांग्रेसको अबको नेतृत्वको दौडमा संविधान सभा सदस्य महेन्द्रध्वज जिसी र वर्तमान जिल्ला सचिव बालकृष्ण घिमिरे देखिएका छ्न ।

लगातार १९ वर्ष नेपाली कांग्रेसको जिल्ला सचिव, सांसद र संविधान सभा सदस्य बनिसकेका महेन्द्रध्वज जिसी जिल्ला सभापति बन्नका लागि तेस्रो पटक दौडमा लागेका छ्न ।

नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा देवेन्द्रराज कंडेल र १३ औं महाधिवेशनमा विष्णु लामिछाने सँग झिनो मतले जिल्ला सभापतिमा पराजित भएका नेता जिसी यस पटक भने जिल्ला सभापतिको दौडमा पहिलो हुने गरि कस्सिएका उनी निकट कांग्रेस कार्यकर्ताहरु बताउछ्न ।

वडा, नगर, प्रदेश सभा र क्षेत्रीय अधिवेशनमा एक्ला एक्लै लडेका जिसी समूह र कोइराला समूह जिल्ला अधिवेशनमा सँगै हुने भए सँगै जिल्ला सभापतिमा जिसी निर्वाचित हुने पक्का पक्की भएको जिसी समुहको दाबी छ ।

स्थानीय तहको निर्वाचन नजिक आएकले जिल्लामा सर्वसम्मत नेतृत्व चयन गर्ने गरि पुर्व महामन्त्री शशांक कोइरालाको उपस्तिथिमा छलफल गरिए पनि सहमति भने भै नसकेको कोइरालाका स्वकीय सचिव भरत तिवारीले बताए । सहमति सम्भावना धेरै रहेको भन्दै सहमति नभए जिसी र कोइराला समूह एक भएर जाने गरि तयारी भएको तिवारी बताउछ्न । जिल्लामा जिसी कोइराला गठबन्धनलाई कांग्रेसका केन्द्रिय सदस्य एवं विनोद चौधरीको पनि साथ रहेको जनाईएको छ ।

वडा, नगर, प्रदेश सभा र क्षेत्रीय अधिवेशनहरुमा बलियो उपस्थित देखाएका जिसी र कोइराला समुहका साझा उम्मेदवारका रुपमा देखिएका जिसीको जिल्ला सभापतिको तेस्रो दौड भने सहज हुने देखिन्छ ।

प्रकाशित : २०७८ फागुन १५ गते १२:११
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI