देवचुलीमा बस दुर्घटना हुँदा १४ जना घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७८ फागुन १८ गते ११:२७
देवचुलीमा बस दुर्घटना हुँदा १४ जना घाइते

कावासोती । पूर्व पश्चिम राजमार्गको देवचुली-१४ को क्याम्पस चोकमा बस पल्टिदा १४ जना घाइते भएका छ्न ।

जिल्ला प्रहरी कार्यलय नवलपुरका अनुसार नारायणघाटबाट बुटवलको लागि छुटेको ना ७ ख ६८८१ नंको बस आफै अनियन्त्रित भइ पल्टिदा १४ जना घाइते भएका हुन ।

घाइते मध्ये ७ जनालाई थप उपचारका लागि भरतपुर लगिएको र ७ जनाको देचुली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय नवलपरासी पूर्वका डिएसपी दिलिप गिरीले जानकारी दिए ।

प्रकाशित : २०७८ फागुन १८ गते ११:२७
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI