भीरबाट लडेर महिलाको मृत्यु

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ७ गते ७:५८
भीरबाट लडेर महिलाको मृत्यु

नवलपुर । नवलपुरमा भीरबहादुर लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुर देवचुली नगरपालिका वडा नं. १ केउरानीकी ५५ वर्षीया लालुमाया बोटे रहेकी छन् ।

पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नं. ४ बोझापोखरीमा पिसाव गर्न जाँदा भीरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तनहुँ माइत गएर फर्किने क्रममा उक्त घटना भएको हो । भीरबाट लडेर अन्दाजी २०/२५ मिटर तल खसेकी महिलाको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा निधन भएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित : २०७९ वैशाख ७ गते ७:५८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI