नवलपुरमा गठबन्धन सहमतिको नजिक

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ७ गते २०:२२
नवलपुरमा गठबन्धन सहमतिको नजिक

नवलपुर । नवलपुरमा पाँच दलिय गठबन्धन सहमतिको नजिक पुगेको बताईएको छ ।

वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि जिल्लाका पाँच दल पदिय भागबन्डाको नजिक पुगेका बताईएको छ ।

बिहिबार गठबन्धनको बैठकमा सहभागी भएका एक नेताका अनुसार सबै स्थानिय तहको प्रमुख कांग्रेसले पाउने गरि सहमति हुने सम्भावना अगाडी बढेको बताए । सबै पालिकाको उपप्रमुख या उपाध्यक्षमा कांग्रेस बाहेका दललाई दिने तथा वडा अध्यक्ष र वडा सदस्य सम्मको भाग सबै दललाई हुने गरि सहमती हुन लागेको उनको दाबी छ ।

नेकपा माओवादी, नेकपा एस जसपाले पालिका प्रमुख या अध्यक्ष मागेको भए पनि उपप्रमुख र केही वडा अध्यक्ष , वडा सदस्य र कार्यपालिका सदस्य दिने गरि सहमति अगाडी बढेको स्रोतले बतायो ।

“पालिका प्रमुख या अध्यक्षमा आफुहरुको दाबी रहे पनि गठबन्धनको जोगाउन कसैले न कसैले केही त छोडनु पर्यो, कुनै पद या पालिका छोडनु पर्ने भन्ने कुरा त भएको छैन तर शुक्रबार सम्म गठबन्धनले साझा निर्णय गर्छ,” बैठकमा सहभागी एक माओवादी नेताले बताए ।

प्रकाशित : २०७९ वैशाख ७ गते २०:२२
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI