नवलपुरमा मोटरसाईकल र स्कुटी एकआपसमा ठोक्किदा दुर्घटना, चालक गम्भिर घाइते

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख ८ गते १३:००
नवलपुरमा मोटरसाईकल र स्कुटी एकआपसमा ठोक्किदा दुर्घटना, चालक गम्भिर घाइते

नवलपुर- नवलपुरमा मोटरसाईकल र स्कुटी एकआपसमा ठोक्किदा दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार बुधबार कावासोती नगरपालिका २ स्थित भित्रि सडक खण्डमा दक्षिण्बाट उत्तर तर्फ जाँदै गरेको ग. प्र. ०४–००१ प. २५९३ नम्बरको मोटरसाईकल विपरित दिशा बाट आउदै गरेकोे स्कुटी संग ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि नवलपुरको कावासोती नगरपालिका ११ बस्ने २२ वर्षिय शुसान्त गुरौको खुट्टा र मुखमा सामान्य चोट आएको छ भने स्कुटी चालक कावासोती नगरपालिका ११ बस्ने अन्दाजी ६० वर्षिय बसिसरा सारुको दुवै खुट्टा,मुख र शरिरको विभिन्न भागमा गम्भिर चोट आएको छ ।

मोटरसाईकल चालक शुसान्त गुरौको नवलपुर अस्पताल कावासातीमा उपचार भई डिस्र्चार्ज भएका छन् भने स्कुटी चालक बसिसरा सारुको मनकामना अस्पताल, चितवनमा उपचार भई रहेको छ ।प्रहरीले दुवै सवारी साधन एवम् मोटरसाईकल चालक प्रहरीको नियन्त्रण रहेको बताएको छ ।

प्रकाशित : २०७९ वैशाख ८ गते १३:००
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI