मध्यविन्दुको नगरप्रमुखमा एमालेबाट अधिकारी सर्वसम्मत सिफारिस

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १० गते ८:२०
मध्यविन्दुको नगरप्रमुखमा एमालेबाट अधिकारी सर्वसम्मत सिफारिस

नवलपुर । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेबाट भिमलाल अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको छ ।
मध्यविन्दु नगरपालिकाको नगरप्रमुख पदमा भिमलाल अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको एमाले नवलपुर जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले बताए । नेकपा एमाले नवलपुरले मध्यविन्दु नगरपालिकाको नगरप्रमुख पदमा अधिकारीको एकल नाम गण्डकी प्रदेश कमिटीलाई सिफारिस गरिसकेको छ । मध्यविन्दु नगरपालिकाको नगरप्रमुख पदका अन्य आकांक्षीहरुको सहमतिमा अधिकारीको नाम सर्वसम्मत सिफारिस भएको हो ।

प्रकाशित : २०७९ वैशाख १० गते ८:२०
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI