स्थानीय निर्वाचन : नवलपुरमा १ हजार ८५ जनाको उमेदवारी दर्ता

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १२ गते २१:३६
स्थानीय निर्वाचन :  नवलपुरमा १ हजार ८५ जनाको उमेदवारी दर्ता

नवलपुर । स्थानीय तहको आगामी चुनावका लागि सोमबार साँझ ९ बजेसम्म नवलपुरमा १ हजार ८५ जनाको उमेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगकाअनुसार साढे ८ बजेसम्म प्रमुख पदमा ३० जनाको उमेदवारी परेको छ । त्यस्तै अध्यक्ष पदमा २० जनाको उमेदवारी परेको छ ।

त्यसैगरी उपप्रमुख पदमा १३ जनाको उमेदवारी परेको छ भने उपाध्यक्षमा १६ जनाको मनोनयन दर्ता भएको छ ।

त्यसैगरी वडाध्यक्ष पदका लागि २ सय ६०, महिला सदस्यमा १ सय ७३, दलित महिला सदस्यमा १ सय ५८ र सदस्यमा ४ सय १५ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचन आयोगले आइतबार र सोमबार मनोनयनको दिन तोकेको थियो ।

नवलपुरको आठ वटा स्थानीय तहमा जम्मा ४ सय ७६ जना निर्वाचित हुनेछन् ।

प्रकाशित : २०७९ वैशाख १२ गते २१:३६
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI