वडा अध्यक्षमा निर्वाचित भए सरकारी सेवा सुविधा नलिने कावासोती-९ का कांग्रेसका उम्मेदवार श्रेष्ठको घोषणा

NAWALPUR TIMES
प्रकाशित : २०७९ वैशाख १४ गते २२:०८
वडा अध्यक्षमा निर्वाचित भए सरकारी सेवा सुविधा नलिने कावासोती-९ का कांग्रेसका उम्मेदवार श्रेष्ठको घोषणा

नवलपुर । वडा अध्यक्ष निर्वाचित भए सरकारी सेवा सुविधा नलिने कावासोती-९ का अध्यक्षका उम्मेदवार रिभर कुमार श्रेष्ठले घोषणा गरेका छ्न ।

नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्षका उम्मेदवार बनेका श्रेष्ठले वैशाख ३० गते हुने निर्वाचनमा कावासोती-९ को वडा अध्यक्षमा निर्वाचित भए कुनै पनि प्रकारको सेवा सुविधा नलिने घोषणा गरेका हुन ।

नवलपुर टाईम्स संगको कुराकानीमा स्थानिय सरकार सन्चालन गर्ने राज्यको नीति निर्देशनमा रहेर वडाको विकासमा कुनै कसर बाकी नराख्ने तथा ऐनले तोकेका र घोषणा गरेका कुनै पनि सेवा सुविधा नलिने श्रेष्ठले बताए ।

प्रकाशित : २०७९ वैशाख १४ गते २२:०८
Copyright © 24 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI